नियम ३९
अधिकृत तहका कर्मचारीको थप अधिकार हुने
(१) अख्तियारको दुरूपयोग भएको वा हुन लागेको जानकारी प्राप्त भई छानविन तथा अनुसन्धानको सिलसिलामा आयोगबाट खटाईएका अधिकृत कर्मचारीले तत्काल हस्तक्षेप गर्नु पर्ने देखिएको अवस्था परेमा मानिस पक्राउ गर्न, खानतलासी, एवं बरामद गर्ने ऐन तथा यस नियमावली बमोजिमको
अधिकार प्रयोग गर्न सक्नेछ ।
(२) कुनै उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा उजुरीमा लेखिएदेखि बाहेकका विषयमा भ्रष्टाचार वा अन्य कार्य भएको देखिएमा सो उजुरीमा उल्लेख नभएको विषयमा पनि अनुसन्धान गर्न र आयोगले सो अनुसन्धानका आधारमा मुद्दा चलाउने वा नचलाउने वा कारवाही गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछ ।